नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न केन्द्रको निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत केन्द्रले नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न निर्देशन दिएको छ । देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई आज परिपत्र गर्दै कुनै पनि नाममा शुल्क नअसुल्न निर्देशन दिएको हो ।
शुल्क लिएको पाइएको केन्द्रमा उजुरी गर्न समेत भनेको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका शिक्षकलाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाएको पाइएपछि केन्द्रले सचेत गराएको हो ।
आयोगबाट सिफारिस भएर आएका व्यक्तिहरूकाे स्थान छनौट, नियुक्ति र पदस्थापनका कार्य गरे गराए बापत रकम जम्मा गर्न लगाउने कार्य नगर्न नगराउनु भनेको हो ।
विभिन्न जिल्लाहरूमा शिक्षा विकास तथा समन्वय इकाईले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाउँदै जिल्ला शिक्षा कोषमा रकम जम्म्मा गर्न लगाउने गरेको पाइएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई, डोटीले निमाविको स्थायी नियुक्तिका लागि स्थानीय तह छनौट गर्नका लागि भन्दै ७०० रुपैयाँ माग गरेको थियो । जिल्ला शिक्षा समितिको नाममा रहेको खातामा उक्त रकम जम्मा गर्न भन्दै सूचना जारी गरेको थियो ।
त्यस्तै अन्य विभिन्न जिल्ला तथा पालिकाहरूबाट समेत पैसा उठाएको भन्दै गुनासो केन्द्रसमक्ष पुगेको थियो । पैसा उठाउन कार्य नगर्न भन्दै केन्द्रले सचेत गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण