शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न केन्द्रको निर्देशन

बिहीबार, ०३ फागुन २०८०, १७ : ११
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । शिक्षा तथा मानव स्रोत केन्द्रले नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न निर्देशन दिएको छ । देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई आज परिपत्र गर्दै कुनै पनि नाममा शुल्क नअसुल्न निर्देशन दिएको हो ।

शुल्क लिएको पाइएको केन्द्रमा उजुरी गर्न समेत भनेको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका शिक्षकलाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा गर्न लगाएको पाइएपछि केन्द्रले सचेत गराएको हो ।

आयोगबाट सिफारिस भएर आएका व्यक्तिहरूकाे स्थान छनौट, नियुक्ति र पदस्थापनका कार्य  गरे गराए बापत रकम जम्मा गर्न लगाउने कार्य नगर्न नगराउनु भनेको हो ।

विभिन्न जिल्लाहरूमा शिक्षा विकास तथा समन्वय इकाईले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाउँदै जिल्ला शिक्षा कोषमा रकम जम्म्मा गर्न लगाउने गरेको पाइएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई, डोटीले निमाविको स्थायी नियुक्तिका लागि स्थानीय तह छनौट गर्नका लागि भन्दै ७०० रुपैयाँ माग गरेको थियो । जिल्ला शिक्षा समितिको नाममा रहेको खातामा उक्त रकम जम्मा गर्न भन्दै सूचना जारी गरेको थियो ।

त्यस्तै अन्य विभिन्न जिल्ला तथा पालिकाहरूबाट समेत पैसा उठाएको भन्दै गुनासो केन्द्रसमक्ष पुगेको थियो । पैसा उठाउन कार्य नगर्न भन्दै केन्द्रले सचेत गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप