बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय कारागारलाई १० लाख रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण

बिहीबार, ०३ फागुन २०८०, २१ : २७
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा काठमाडौँले १० लाख रुपैयाँ बराबरका पुस्तकहरू केन्द्रीय कारागारलार्ई हस्तान्तरण गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सरस्वती पूजाको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत २ हजार थान पुस्तकहरू केन्द्रीय कारागार सुनधारामा हस्तान्तरण गरिएको जिल्ला शाखा काठमाडौँका प्रथम उपाध्यक्ष विष्णु गिरीले बताए ।

कारागारका जेलर ललित बस्नेतमार्फत उक्त पुस्तक हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा एसोसिएट केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

केहि समयअगाडि आगलागीबाट क्षति पुगेको काठमाडौँस्थित बानियाटारको कुमार बुक्स एन्ड स्टेशनरीलाई एक लाख एक हजार १११ रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको थियो । आगलागीबाट ठुलो क्षति भएका कारण पुस्तक तथा स्टेशनरी महासङ्घ जिल्ला शाखा काठमाडौँले सहयोग स्वरूप सो रकम हस्तान्तरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप