ग्रीसमा समलिङ्गी विवाहलाई मान्यता
शुक्रबार, ०४ फागुन २०८०, १० : ४०
एथेन्स । ग्रीसले समलिङ्गी विवाहलाई मानयता दिएको छ । त्यहाँको संसदले ठूलो कदम उठाउँदै यस्तो मान्यता दिएको हो । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई देश हो । समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्तावको पक्षमा संसदमा १७६ र विरुद्ध ७६ मतले पारित भएको थियो । योसँगै ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमै धर्मपुत्र धर्मपुत्री राख्न सक्नेछन् ।
‘नयाँ कानूनले निकै साहसी पूर्ण ढंगले यो गम्भीर असमानतालाई हटाउनेछ ।’ प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने । यो कानूनबारे सर्वसाधारणहरु बाँडिएको देखिन्छ । समलिङ्गी विवाहलाई स्वीकृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ । अर्थाेडक्स चर्चका प्रमुख आर्कबिशप लेरोनिमोसले यो कदमले देशमा सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण