‘काँडेतार’को मुनाफाको २५ प्रतिशत सीमा क्षेत्रमा ज्यान गुमाउने र घाइते परिवारलाई दिइने
काठमाडौँ । फागुन २५ गते रिलिज हुने तयारीमा रहेको फिल्म हो ‘काँडेतार’ । फिल्मले सार्वजनिक प्रदर्शनको मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने सहिदको परिवार र घाइतेको उपचारमा सहयोग गर्ने भएको छ । निर्देशक तथा निर्माता नवल खड्काले रिलिजपछिको निश्चित रकम समाजसेवामा खर्चिने जानकारी दिए ।
फिल्मले नेपाल भारतको सीमा क्षेत्रको समस्या कथा बनाएको छ । नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर लगायतको अभिनय रहेको फिल्म प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसार तीव्र बनाएको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा माकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्का निर्माता रहेको फिल्मले राष्ट्रियताको कुरा उठाएकोले अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनको तयारी भएको नवलले बताए ।
शिवम् अधिकारी र नवल खड्काको पटकथा रहेको फिल्ममा बन्दे प्रसाद र तारा थापाको सम्पादन, सौरभ लामाको छायांकन, मणी थापा, दीपक शर्माको संगीत, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण