स्वर्णिम वाग्लेलाई प्रश्न : मन्त्रीको अफर पाए रास्वपा छोड्नुहुन्छ ?
पोखरा । वर्ष दिनमा ७१ हजार नेपाली देश नफर्किने गरी परदेशीएको रेकर्ड छ । अघिल्लो वर्ष मात्रै ७१ हजार नागरिकले नेपालको नागरिकता त्यागेर विदेश रोजेका हुन् । नेपालीहरु सधैँका लागि बिदेसिने क्रम अझै बढ्दो छ ।
तर १० वर्षअघि नेपाल फर्किएका अर्थशास्त्री डा। स्वर्णिम वाग्ले अहिले प्रतिनिधि सभा सांसद छन् । उनीसँग विदेशबाट फर्केपछि गर्ने कामका बारेमा शुक्रबार पोखरामा छलफल भयो ।
नेपाल झरेकै दिन राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्ति लिएका स्वर्णिम दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष हुँदै राजनीतिमा होमिए । धेरैले उनलाई अवसरका लागि पार्टी फेरेको आरोप समेत लगाएका छन् । शुक्रबारको कार्यक्रममा उनलाई विमलबाबु न्यौपानेले सोधे, ‘तपाईंको विगत हेर्दा नेपाल अवसरका लागि मात्रै आउनुभएको हो कि भन्ने देखिन्छ । सबै युवालाई तपाईंको जस्तो अवसर कहाँ हुन्छ ? अहिले सांसदको अवसर रास्वपामा छ, भोलि मन्त्रीको अवसर पाउनुभयो भने अर्को पार्टीमा जाने हो कि ? अवसरकै नाममा देश छोड्नु हुन्छ कि हुन्न ?’
स्वर्णीमले अवसर पाएकै कारण देश फर्किएको स्वीकारे । ‘केही राम्रो गर्न सक्छु भनेर नै आउने हो । एक्लैले देश बनाउँछु भनेको छैन । अरुले पत्याइदिए मैले अवसर पाएँ,’ उनले भने, ‘सबैलाई यो लागू नहुन सक्छ । तर म २ कार्यकाल भन्दा राजनीति गर्दिनँ । समयले माग्यो भने अर्को कार्यकालका लागि सोचौँला । राजनीतिलाई मागिखाने भाँडो बनाउँदिन ।’ उनलाई कामबाट जवाफ दिन अर्का प्रश्नकर्ताले सुझाए । ‘अघिल्लो वर्ष एक्स्पर्टको रुपमा यही ठाउँमा आउनुभएको थियो । अहिले राजनीतिक नेताका रुपमा हुनुहुन्छ,’ उनले भने, ‘अब जवाफ दिने होइन, काम देखाउनुस् ।’
जवाफमा स्वर्णीमले राजनीतिमा बामे सर्दै गरेको रास्वपाले अहिले आफ्नो भूमिका पूरा गरेको दाबी गरे । ‘हामी बामे सर्दै छौँ । काम गर्नकै लागि राजनीतिमा होमिएको हो,’ उनले भने, ‘हामीहरु ८८४ जना सांसद पाल्दा रहेछौँ, मेरो दलको जम्मा २० सांसद छन् । जसले ७५३ पालिकामा बहुमत चलाएर बसेका छन्, बहुसंख्यक वडामा जसको डाडुपन्यु चलाएका छन् । प्रदेश सरकार र संघ सरकार जसको छ, उसलाई बढी उत्तरदायी बनाऔं, ०८४ पछि देखाजायगा ।’ उनले कार्यक्रमबाट पार्टीलाई बहुमत मागे र काम गर्न नसके हटाउन आग्रह गरे । ‘अहिले जम्मा २० जना सांसदले संसद्लाई संसदजस्तो बनाएका छौँ । मुद्धाहरु उठाइरहेका छौँ,’ उनी भन्छन्, ‘अहिले रचनात्मक प्रतिपक्षको भूमिकामा छौँ । बहुमत दिएर पठाउनुभयो भने अर्को भूमिकामा रहौला । त्यतिबेला गर्न नसके घोक्रे ठ्याक लगाएर निकाल्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण