शालाह फर्किँदा लिभरपुललाई पाँच अङ्कको अग्रता
लण्डन । नयाँ वर्षको दिनपछि मोहम्मद शालाहले लिभरपुलका लागि पहिलोपटक गोल गर्दा टोलीले ब्रेन्टफोर्डलाई ४–१ गोलअन्तरले सजिलै हराएको छ । जीतसँगै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलको ३५ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा एलेक्सिस म्याक एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । अफ्रिका कपका दौरान इजिप्टका लागि खेल्दा घाइते भएपछि पहिलोपटक मैदानमा फर्किएका शालाहले ६८ औँ मिनेटमा तेस्रो गोल थपे । इभान टोनीले एक गोल फर्काए पनि कोडी गाक्पोले ८६ औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।
शनिबार हुने खेलमा आर्सनल र म्यानचेस्टर सिटीले जीत हासिल गरे दुवै टोली लिभरपुलभन्दा २ अङ्कले मात्र पछि हुनेछन् । त्यसमाथि सिटीले लिभरपुलभन्दा दुई खेल कम खेलेको छ । २५ खेलबाट लिभरपुलको ५७ अङ्क रहेको छ । २३ खेल खेलेको सिटीको ५२ अङ्कसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलले २४ खेलबाट समान ५२ अङ्क बटुलेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण