मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ। यो विषयमा जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले उनले एक मिनेट पनि पदमा बसिरहन नमिल्ने ती दलको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने बताए । ‘सिपाइलाई डण्डा, मन्त्रीलाई झण्डा यो कुन खालको सुशासन हो ?’, उनले प्रश्न गरे । सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट नहटाइए एमाले चुप लागेर नबस्ने उनको भनाइ छ ।
यस्तै रास्वपाका सभापति रवि लामिछानेले ज्वालालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा प्रधानमन्त्रीको आजकै बैठकमा परीक्षा हुने बताए । ‘आज प्रधानमन्त्रीको जाँच हुनेछ’, उनले भने । जाँचबुझ आयोगले दोपी ठहर गराउँदा पनि अन्य कार्यक्रममा जाने नैतिकता विभागीय मन्त्रीलाई कसरी हुन्छ भन्दै कटाक्ष पनि गरे । आफ्ना मान्छे बचाउन सरकारले फाइल खोज्ने नाटक गर्दै आएको पनि आरोप लगाए ।
शुक्रबार बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रतिवेदन बुझाएपनि उनीमाथि राजीनामा दवाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल