गगनको प्रतिवेदनमा जुटेन सहमति, सहमतिको प्रयास जारी राख्ने
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा शीर्ष नेताबिच सहमतिको प्रयास असफल भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार महासमिति बैठकअघि नेताहरूबिच भएको छलफलमा सहमति नजुटेको हो । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।
महामन्त्री थापाको प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषय समेटिएको छ । उक्त विषय सच्चाएर मात्रै महासमिति बैठकमा प्रतिवेदन लैजान महामन्त्री थापालाई सभापति देउवा पक्षले गरेको आग्रहमा थापा सहमत हुन नसकेपछि थापाको प्रतिवेदन नै छापिएको छैन ।
सहमति नजुटेपछि महासमिति बैठक निर्धारित समयमै उद्घाटन गर्ने र सहमतिको प्रयास पनि सँगसँगै हुने गरी बुढानीलकण्ठबाट नेताहरू निस्किएको नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा दिउँसो १ बजेबाट सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण