गठबन्धनमा तिक्तता : मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन

काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो ।
त मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालयको कार्य प्रगतिमा प्रश्न उठाउँदै सचिवहरूकै अगाडि मन्त्री फेर्ने बताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विषयमा मन्त्रिपरिषद् बैठकमै असन्तुष्टि जनाए । उनले त्यतिबेला मन्त्रीहरूको कामकारबाहीप्रति प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्ने बताएका थिए । महतले मन्त्रिपरिषद्को समग्र नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले सबै मन्त्रीको कार्यप्रगतिमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीका सल्लाहकारहरू जस अपजसको भागीदार हुनुपर्नेमा जोड दिएका थिए । कार्यप्रगतिमा मन्त्रीको कमजोरी भए त्यसमा प्रधानमन्त्रीको हिस्सा कति भनेर पनि उनले प्रश्न उठाएका थिए ।
गृहमन्त्री र अर्थमन्त्रीबिच पनि विवाद भइसकेको छ । गृहमन्त्रीले अर्थ मन्त्रालयको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै सो विवाद भएको थियो । त्यसपछि पुसमा पनि प्रधानमन्त्री दाहालसँग अर्थमन्त्री डा. महतको भनाभन भएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?