कांग्रेसले निर्णय सच्याएसँगै शुभेच्छुक संस्थाका प्रतिनिधि महासमिति बैठकमा सहभागी
_o0m0IhO0hY.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा ‘विवादित’ महाधिवेशन प्रतिनिधिहरूले पनि भाग लिइरहेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिलाई ललितपुरको गोदावरीमा जारी बैठकमा भाग लिन दिइएको हो ।
मंगलबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उनीहरूलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय लिएको थियो ।
प्रतिनिधि सभाका बारा–३, पर्सा–१, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग–१, दोलखा, ओखलढुङ्गा, काठमाडौँ–५, दाङ–३, कञ्चनपुर–१, बागलुङ–२ र सिन्धुली–२ का पार्टी महाधिवेशन प्रतिनिधिहरूले महासमिति बैठकमा सहभागी हुन पाउने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१४ औँ महाधिवेशन पछि केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरूका अध्यक्ष सहित तीन जनालाई महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय पनि भएको छ ।
यो अवसर पाउने भ्रातृ संस्थाहरूमा नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका पर्छन् ।
शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियन रहेका छन् । यसअघि शुभेच्छुक संस्थाहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीले निर्णय सच्याएसँगै उनीहरू पनि बैठकमा सहभागी भएका छन् ।
पार्टीको १४ औ महाधिवेशनपछि अधिवेशन सम्पन्न गरेका विदेश स्थित नेपाली जनसम्पर्क समितिलाई पनि यो अवसर दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन