त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, १३ : ०३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् । दुबईबाट काठमाडौँमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुन सहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।
तरल सुन तिनवटा क्याप्सुल आकार बनाएर रफारले लुकाएर ल्याएको भेटिएको छ । सुन कभर गरेको र्यापरसहित उनले ल्याएको सुनको तौल ८५५ ग्राम छ । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण