प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर देखिएपछि...
भारत । हालै उत्तर प्रदेश कन्स्टेबल भर्ती परीक्षाको समयमा प्रवेश पत्रमा केही गडबडी देखियो भने बलिउड अभिनेत्री सन्नी लियोनी नाम चर्चामा आयो । यूपी प्रहरीमा भर्ती परीक्षाको एउटा प्रवेश पत्रमा सन्नी लियोनीको नाम र तस्बिर देखेर मानिसहरू छक्क परे । त्यसपछि प्रवेश पत्रको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो ।
यद्यपि, यसमा दर्ता र रोल नम्बरमा चाहिँ उम्मेदवारको सही नाम छ । अहिले यस मामिलामा परीक्षार्थीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा परीक्षार्थीले आफ्नो प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर कसरी आयो भनेर बताएका छन् । भाइरल प्रवेशपत्र महोबा जिल्लाको रगौलिया बुजुर्ग गाउँका बासिन्दा धर्मेन्द्र कुमारको थियो । यो ३९ सेकेन्डको भिडियोमा उम्मेदवारले आफू कसरी सन्नी लियोनी बनेको भनेर बताएका छन् ।
के हो पूरै मामिला ?
भिडियोमा परीक्षार्थीलाई ‘तपाई कसरी सन्नी लियोनी बन्नुभयो र यो पूरा मामला के हो?’ भनेर सोधिएको थियो । शुरुमा प्रवेश पत्र निकाल्दा त्यसमा आफ्नै फोटो र नाम मात्र थियो भनेर उनी भन्छन् । पछि कसरी परिवर्तन भयो थाहा नभएको र आफ्नो फोटो र नामको सट्टा सनी लियोनीको फोटो र नाम कसरी आयो भन्ने पनि थाहा नभएको उनको भनाई थियो । अहिले सामाजिक सञ्जालमा यो प्रवेश परीक्षा भाइरल भइरहेको छ । यो भिडियोमा मानिसहरुले निकै रमाइला कमेन्टहरू गरेका छन् । यो भिडियोमा ६ लाखभन्दा धेरै लाइक आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण