शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमबाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

मङ्गलबार, ०८ फागुन २०८०, १४ : २९
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । लामो समयको अन्यौललाई चिर्दै फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल मड्रिड जाने पक्का भएको हो ।

एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ । उनी कति रकममा रियल मड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल मड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् ।

एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।

एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । रियल मड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप