एमबाप्पेले गरे रियल मड्रिडसँग सम्झौता
काठमाडौँ । लामो समयको अन्यौललाई चिर्दै फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल मड्रिड जाने पक्का भएको हो ।
एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ । उनी कति रकममा रियल मड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल मड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् ।
एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । रियल मड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण