मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

‘महाजात्रा’को टिजरमा पैसाको खेल

मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ प्रचार प्रसारमा जुटिसकेको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर ल्याएको हो । 

फिल्मको टिजरमा कथा प्रष्ट्याउने कोसिस गरिएको छ । टिजर हेर्दा यो फिल्म पनि ‘जात्रा’ झैँ पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् ।

फिल्मको नाम ‘महाजात्रा’ भएकाले यो पटक कथा, प्रस्तुतीकरणमा निकै ध्यान दिएको निर्देशक प्रदीप भट्टराइले बताए । ‘हामी दर्शकको अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’, भट्टराईले थपे ।

फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ मार्फत उनले यसपटक आम मानिसको समस्यालाई उजागर गर्ने बताए । उनले थपे‘महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौँ । यसकारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौँ ।’

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले दर्शक खुसी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको बताए । 

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले विदेशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन हुने बताए । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल  जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया