ललितपुरमा टेबलटेनिस खेलको विकासका लागि सम्झौता
बुधबार, ०९ फागुन २०८०, ०८ : ४५
काठमाडौँ । जिल्लामा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यले ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस सङ्घ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्टस काउन्सिलबिच सम्झौता भएको छ ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्टस काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मन्जली शाक्यलगायतको उपस्थिति रहेको थियो । ललितपुर जिल्लामा टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण