आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा टेबलटेनिस खेलको विकासका लागि सम्झौता

बुधबार, ०९ फागुन २०८०, ०८ : ४५
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । जिल्लामा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यले ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस सङ्घ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्टस काउन्सिलबिच सम्झौता भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्टस काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मन्जली शाक्यलगायतको उपस्थिति रहेको थियो । ललितपुर जिल्लामा टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप