सविरको ‘रुखान’ मा नीति शाहको इन्ट्री
काठमाडौंँ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । निर्माण पक्षले फिल्मको मुख्य नायिकाको रुपमा नीति शाह छानेको हो । फिल्म अभिनयको बिषयमा निर्माणपक्ष र नीतिबिच कागजी सम्झौता भएको छ ।
फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिँदैछिन् ।
फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुने छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण