मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो २० ओभरमा ४ विकेट गुमाएर ९९ रन

बुधबार, ०९ फागुन २०८०, १३ : ४८
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा चार विकेट गुमाएर ९९ रन बनाएको छ । नामिबियाका कप्तान जेरहार्ड अर्समस ४८ र छैटौँ नम्बरका ब्याट्सम्यान जोहानेश जोनाथन स्मित दुई रन बनाउँदै क्रिजमा छन् । नामिबियालाई जितका लागि ३० ओभरमा ७० रन आवश्यक छ ।

नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो ।  नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो । 

नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि माइकलले ३४ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको थियो । 

नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप