१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो २० ओभरमा ४ विकेट गुमाएर ९९ रन
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा चार विकेट गुमाएर ९९ रन बनाएको छ । नामिबियाका कप्तान जेरहार्ड अर्समस ४८ र छैटौँ नम्बरका ब्याट्सम्यान जोहानेश जोनाथन स्मित दुई रन बनाउँदै क्रिजमा छन् । नामिबियालाई जितका लागि ३० ओभरमा ७० रन आवश्यक छ ।
नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।
नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि माइकलले ३४ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको थियो ।
नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण