कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद : अध्यक्ष लम्साल
काठमाडौँ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुःखद भएको बताएका छन् । प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधवार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद भएको बताए ।
‘प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौतीबारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन, कांग्रेसजस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रको विषयमा केही नबोल्नु दुःखद छ’ लम्सालले भने ।
उनले कांग्रेसलाई गुट बनाउन र आफ्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै कांग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेताहरू सुध्रिनुपर्ने बताए ।
लम्सालले पाटिबाट निर्वाचित बनेका नेताहरूमा वडा तह, प्रदेश तह र केन्द्र तहसम्म भ्रष्टाचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरुले अवसर गुमाउनुपरेको बताए ।
महासमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण