गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसक्यो : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसकेको बताएका छन् ।
उनले मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने बताए ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौँमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए । उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरुलाई सचेत गराए ।
अध्यक्ष लिङ्देनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण