गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसक्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप भइसकेको बताएका छन् ।
उनले मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने बताए ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौँमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए । उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरुलाई सचेत गराए ।
अध्यक्ष लिङ्देनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित