महासमिति बैठक
हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, भोलि पूरक प्रस्ताव लगिँदै
बुधबार, ०९ फागुन २०८०, २१ : ३७
काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
कुल १ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक शंकर भण्डारीले रातोपाटीलाई बताए ।
बुधवार साँझसम्ममा बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनले बताए । हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।
यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण