नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना
बिहीबार, १० फागुन २०८०, ०८ : ३५
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई इटालियन क्लब नापोलीले १–१ गोलको बराबरीमा रोकेको हो ।
नापोलीको घरेलु मैदानमा खेलिएको उक्त खेल निर्क प्रतिस्पर्धात्मक थियो । खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलमा सुरुआता अग्रता भने बार्सिलोनाले लिएको थियो । निर्धारित समयको ६०औँ मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोवस्कीले पहिलो गोल गरेका थिए ।
तर, बार्सिलोनाले त्यो अग्रता लामो समय जोगाउन सकेन । निर्धारित समयको ७५औँ मिनेटमा नापोलीका लागि भिक्टर ओसिमहेनले जवाफी गोल गरेका थिए । भिक्टर गत डिसेम्बरपछि पहिलो पटक नापोलीबाट मैदानमा ओर्लिएका हुन् । दोस्रो लेग खेल मार्च १२ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण