महासमिति सदस्य नभएकाले बोलेपछि कांग्रेस महासमिति लफडा
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नभएको व्यक्तिले प्रतिवेदनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ ।
बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन् । गण्डकीका उपसभापति समेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्री समेत हुन् ।
बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो । तर, उनी महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दु न्यौपानेले जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन् । प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’ न्यौपानेले भने, विधि मिच्ने काम भएकाले प्रतिनिधिहरूले विरोध गरेका हुन् ।'
चार समूहमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिहरूले सुझाव राखिरहेका छन् । बागमती र गण्डकी समूहको नेतृत्वमा सहमहामन्त्री महेन्द्र यादव छन् । प्रदेशको समन्वय बागमतीबाट इन्द्रबहादुर बानियाँ र गण्डकीबाट प्रदेश सभापति शुक्रराज शर्माले गरेका छन् । श्रेष्ठले गठबन्धनलाई रणनीति विषय बनाएर जानुपर्ने बताएका थिए । महामन्त्री गगन थापाका सांगठनिक प्रस्तावमाथि आलोचना गर्नेलाई महासमिति सदस्य नहुँदा पनि बोल्न दिने काम भएको गोरखाका सभापति न्यौपानेको भनाइ छ । न्यौपानेले श्रेष्ठलाई बोल्न दिएकोमा गण्डकी प्रदेश सभापति शर्मालाई माफी माग्न भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण