‘धर्म र जात नहेरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’
मधेसका केही जिल्लाहरूमा साम्प्रदायिक तनाव उत्पन्न हुनुको मुख्य कारण एकले अर्काको जात वा धर्मलाई स्विकार्न नचाहेर हो । सुरुसुरुमा एकै ठाउँमा गएर भोजभतेर पनि खान्छन् । सँगै काममा पनि जान्छन् । तर, जब एकले अर्कोको अस्तित्व स्विकार्ने बेला आउँछ, तब तनावको स्थिति बन्छ ।
१५ वर्ष अघिसम्म टोलटोलमा होली मनाउँथे । मेला र सरस्वती पुजा हुन्थ्यो । त्यहाँ कसैले पाखण्डी कुरा गर्दैनथ्यो । अहिले के हो के हो एकले अर्कोलाई घोच्ने कुरा गर्छन् । स्वतन्त्रता आयो भन्दैमा नाङ्गै हिँड्नु भएन नि । स्वतन्त्रता भयो भन्दैमा एकले अर्कोलाई घोच्ने, तल झार्ने, होच्याउने होइन । दुवै पक्षमा दुई चार जना उच्छृङ्खल समूह छन् । तिनीहरूको पहिचान गरी कानुनी दायरमा ल्याउनुपर्छ । प्रहरी प्रशासनलाई पनि स्पष्ट निर्देशन दिएको छु– यो वा त्यो धर्म वा जात हेर्ने होइन । जो जो पर्छन्, तिनीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउनु ।
(मधेस प्रदेशका गृहमन्त्री मोहम्मद समिमसँग मधेसमा भइरहने साम्प्रदायिक घटनाका विषयमा गरिएको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण