महासमिति बैठक
‘गठबन्धन र पार्टीको महाधिवेशनबारे गगनको प्रस्तावको औचित्य छैन’
बिहीबार, १० फागुन २०८०, १५ : ५९

काठमाडौँ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले महामन्त्री गगन थापाले आफ्नो सांगठनक प्रतिवेदनमा प्रस्ताव गरेको दुई विषय औचित्यहीन भएको बताएका छन् ।
ललितपुरमा जारी बैठकमा मधेस र कर्णाली प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष सुनाउने क्रममा उनले गठबन्धनको विषय रणनीतिक हुनुपर्ने बताए । गठबन्धन परिस्थितिले निर्माण गर्ने विषय हुने भन्दै उनले पार्टीको महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने बताए ।
पार्टीको विधानमै ४ वर्षभित्र महाधिवेशन गर्ने भन्ने विषय रहेकाले यसमा थप व्याख्या जरुरी नहुने उनको भनाइ छ । ‘महाधिवेशन २०८२ मंसिरमा भनेर कार्यतालिका ल्याउनुको औचित्य छैन’, उनले भने । उनले मधेसमा सिंचाई र कर्णालीमा सडक पूर्वाधारको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको पनि निष्कर्ष सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना