महासमिति बैठक
‘गठबन्धन र पार्टीको महाधिवेशनबारे गगनको प्रस्तावको औचित्य छैन’
बिहीबार, १० फागुन २०८०, १५ : ५९
काठमाडौँ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले महामन्त्री गगन थापाले आफ्नो सांगठनक प्रतिवेदनमा प्रस्ताव गरेको दुई विषय औचित्यहीन भएको बताएका छन् ।
ललितपुरमा जारी बैठकमा मधेस र कर्णाली प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष सुनाउने क्रममा उनले गठबन्धनको विषय रणनीतिक हुनुपर्ने बताए । गठबन्धन परिस्थितिले निर्माण गर्ने विषय हुने भन्दै उनले पार्टीको महाधिवेशनको मिति पनि अहिले नै तोक्नु जायज नहुने बताए ।
पार्टीको विधानमै ४ वर्षभित्र महाधिवेशन गर्ने भन्ने विषय रहेकाले यसमा थप व्याख्या जरुरी नहुने उनको भनाइ छ । ‘महाधिवेशन २०८२ मंसिरमा भनेर कार्यतालिका ल्याउनुको औचित्य छैन’, उनले भने । उनले मधेसमा सिंचाई र कर्णालीमा सडक पूर्वाधारको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको पनि निष्कर्ष सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण