इन्टर मियामीलाई एप्पल टिभीको सुझाव, ‘मेस्सीजस्तै अरु खेलाडी पनि भित्र्याऊ’
काठमाडौँ । विश्व चर्चित एप्पल टिभीका वरिष्ठ उपाध्यक्ष एडी क्युले अर्जेन्टिनी स्टार लियोनल मेस्सीजस्तै प्रभावशाली खेलाडीहरू भित्र्याउन इन्टर मियामीलाई सुझाव दिएका छन् । एप्पल टिभीले पछिल्लो समय इन्टर मियामीसँग सहकार्य गर्दै आएको छ ।
अमेरिकी ब्यवसायीक लिग फुटबल मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु भएलगत्तै एडी क्युले इन्टर मियामीलाई यस्तो सुझाव दिएका हुन् । एमएलएसको उद्घाटन खेल इन्टर मियामी र रियल साल्ट लेकबिच खेलिएको थियो ।
उक्त खेलमा इन्टर मियामीले रियल साल्ट लेकलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा गोल नगरे पनि मेस्सीको प्रदर्शन उत्कृष्ट थियो । इन्टर मियामीका लागि रोबर्ट टेलर र डिएगो गोमेजले एक–एक गोल गरेका थिए ।
गोमेजलाई गोलका लागि मेस्सी र लुइस स्वारेजले सहयोग गरेका थिए । मेस्सीको खेलबाट निकै प्रभावित भएका एडी क्युले बढीभन्दा बढी दर्शक आकर्षित गर्न मेस्सीजस्तै प्रभावशाली खेलाडीको आवश्यकता रहेको बताए ।
‘इन्टर मियामीमा लियोनल मेस्सीजस्तै थप प्रभावशाली खेलाडीको आवश्यकता छ । मेस्सी आबद्ध भएपछि इन्टर मियामीमात्र होइन समग्र एमएलएस नै विश्वव्यापी रूपमा चर्चित बनेको छ । उनको खेलले ठुलो सङ्ख्यामा दर्शकलाई पनि मैदानमा तानेको छ । मेरो विचारमा इन्टर मियामीले मेस्सीजस्तै थप केही खेलाडी भित्राउनु आवश्यक छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा एडी क्युले भनेका छन् ।
उनले एमएलएसका अन्य क्लबहरूलाई पनि मेस्सीजस्तै खेलाडी भित्राउन सुझाव दिएका छन् । गत समरमा इन्टर मियामीमा आबद्ध भएयता मेस्सीले क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले इन्टर मियामीलाई लिग्स कपको उपाधि पनि चुमाएका छन् ।
सन् २०१८ मा स्थापना भएको क्लब इन्टर मियामीले जितेको यो पहिलो उपाधि पनि हो । मेस्सीले बार्सिलोनाका आफ्ना पूर्व सहकर्मी लुइस स्वारेजलाई इन्टर मियामीमा भित्राउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
इन्टर मियामीले एमएलएसमा आफ्नो दोस्रो खेल आइतबार साँझ लस एन्जल्स ग्यालेक्सीसँग खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण