टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ : सचेतक बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नागरिकहरूले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए । उनले समितिमा उठेका विषयहरूलाई छलफल गरी छिटो भन्दा छिटो पीडित मैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताए ।
‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । सभापतिले फिनिसिङ कसरी आउँछ भन्ने कुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्ने कुरा हुन्छ’ उनले भने, ‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गर्नुपर्छ भन्नेमा सबैको सहमति छ ।’
सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण