महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : देवकोटा
शुक्रबार, ११ फागुन २०८०, १४ : १६
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् ।
शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए । सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए । उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए ।
सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन