महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : देवकोटा
शुक्रबार, ११ फागुन २०८०, १४ : १६
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् ।
शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए । सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए । उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए ।
सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण