मधानी महोत्सवको तयारी तीव्र, बलिउड कलाकार गोविन्दा समेत सहभागी हुने
रौतहट । रौतहटको परौता पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने संकल्प सहित ‘मधानी महोत्सव २०८०’ आयोजना गरिएको छ । फागुन २२ देखि २६ गतेसम्म महोत्सव आयोजना हुन लागेको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
मौलापुर ५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्त्विक महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको उनले बताइन् । मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेको कमरधुवा (बोलबम) समुहद्वारा गरिने मौलिक यज्ञ वैदिककाल पूर्वको मानिने साहको भनाइ छ ।
भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पूजन सहित शुभारम्भ हुने यज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उनको भनाइ छ । जसअनुसार मधानी महोत्सव नै गर्न लागिएको भन्दै साहले फतेपुरको नाच फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते र अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता फाल्गुन २६ गते हुने तय भएको जानकारी दिइन् ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको र बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी हुने निश्चित भइसकेको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले सो महोत्सवका लागि आवश्यक सहयोग गर्न सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण