इन्जिनियरिङ स्टाफ कलेज स्थापना हुनुपर्छ : केसी
काठमाडौँ । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा इन्जिनियरको विषयले पनि प्रवेश पाएको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट बैठकमा प्रतिनिधित्व गर्ने महासमिति सदस्य प्रकाश केसीले इन्जिनियरको तर्फबाट धारणा राखे ।
जसअनुसार उनले इन्जिनियरहरको क्षमता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने माग राखेका छन् ।
यस्तै निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिकमा एकरूपता कायम गर्न माग गरेका छन् । त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै योजना आयोग, अर्थ मन्त्रालय जस्ता महत्त्वपूर्ण निकायहरूमा अनिवार्य रूपमा इन्जिनियरकै नेतृत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने पनि उनको धारणा छ ।
यस्तै स्थानीय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने, पार्टीका निकायहरूमा २० प्रतिशत पेसागत क्षेत्रबाट वैधानिक व्यवस्था गर्नुपर्नेलगायतका प्रस्ताव पनि उनले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण