बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा

शुक्रबार, ११ फागुन २०८०, १७ : ०३
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ संसदीय समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मत निर्णय गरेको छ । 

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक  २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

प्रतिनिधिसभाको बैठक फागुन १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप