सडक निर्माणको माग गर्दै अरनिको राजमार्ग बन्द

काभ्रे । काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका छन् । सडक निर्माणको माग गर्दै अनसन बसेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमलाई समर्थन गर्दै स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका हुन् ।
धुलिखेल नगरपालिका वडा नम्बर-८ र पाँचखाल नगरपालिका वडा नम्बर-५ को सिमाना खावा भन्ज्याङमा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । पाँचखाल-५ का सिताराम ढुङ्गाना र धुलिखेल-८ का विनोद गौतम सहित जनप्रतिनिधि र स्थानीयले सडक बन्द गरेका हुन् ।
सडक निर्माणको माग गर्दै शुक्रबारबाट जिसस प्रमुख गौतमले आमरण अनसन सुरु गरेका थिए । उनको अनसनलाई समर्थन गर्दै स्थानीयहरूले राजमार्ग बन्द गर्दा यातायात सेवा ठप्प भएको छ । सडक बन्द हुँदा सो सडक भएर सञ्चालन हुने लामो तथा छोटो दुरीको सवारी साधनहरू रोकिएका छन् । सो सडक भएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप तथा नेपाल चीनको सीमा तातोपानी नाका पुग्न यातायात सेवा सञ्चालन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु