सडक निर्माणको माग गर्दै अरनिको राजमार्ग बन्द
काभ्रे । काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका छन् । सडक निर्माणको माग गर्दै अनसन बसेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमलाई समर्थन गर्दै स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका हुन् ।
धुलिखेल नगरपालिका वडा नम्बर-८ र पाँचखाल नगरपालिका वडा नम्बर-५ को सिमाना खावा भन्ज्याङमा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । पाँचखाल-५ का सिताराम ढुङ्गाना र धुलिखेल-८ का विनोद गौतम सहित जनप्रतिनिधि र स्थानीयले सडक बन्द गरेका हुन् ।
सडक निर्माणको माग गर्दै शुक्रबारबाट जिसस प्रमुख गौतमले आमरण अनसन सुरु गरेका थिए । उनको अनसनलाई समर्थन गर्दै स्थानीयहरूले राजमार्ग बन्द गर्दा यातायात सेवा ठप्प भएको छ । सडक बन्द हुँदा सो सडक भएर सञ्चालन हुने लामो तथा छोटो दुरीको सवारी साधनहरू रोकिएका छन् । सो सडक भएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप तथा नेपाल चीनको सीमा तातोपानी नाका पुग्न यातायात सेवा सञ्चालन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण