बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा हुथी विद्रोहीको क्षेप्यास्त्र नष्ट

शनिबार, १२ फागुन २०८०, ०९ : ४६
शनिबार, १२ फागुन २०८०

वासिङ्टन डीसी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले सातवटा मोबाइल एन्टी-शिप मिसाइलहरू नष्ट गरेको दाबी गरेको हो ।

गाजामा द्वन्द्व सुरु भएदेखि यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। हुथी विद्रोहीको आक्रमण रोक्न अमेरिकाले यमनमा कैयौँ हवाई आक्रमण गरेको छ ।

अमेरिकाको सेन्ट्रल कमाण्डले नष्ट भएका मिसाइलहरू लाल सागरमा यात्रा गर्ने जहाजका लागि खतरा भएको र जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएको छ ।

बिहीबार हुथी विद्रोहीहरूले बेलायतसँग सम्बन्धित तेल बोकेको कार्गो जहाजलाई निशाना बनाएका थिए । आक्रमणपछि यस जहाजबाट तेल चुहिरहेको छ। यो तेल फैलिएपछि समुन्द्रमा ३० किलोमिटर लामो तेलको तह बनेको छ । केही दिनयता लाल सागरमा हुथी विद्रोहीले अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप