अस्पतालबाट शिशु चोरी गर्ने महिलालाई रक्तस्राव भएपछि अस्पताल भर्ना

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘बच्चा चोरी गर्ने महिलामाथि अनुसन्धान भइरहेको छ । अहिले पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले हामीले अस्पताल पठाएका छौँ । उसले किन यस्तो गर्यो सबै कुरा बुझेपछि कसुर अनुसारको मुद्दा अघि बढाउँछौँ ।’
अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । शिशु चोरी गरेकी उनलाई गएराति ११ बजे काठमाडौँको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरुवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
-
सैनिक कल्याणकारी कोषको रकम हिनामिना प्रकरण : पूर्वमेजरविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न पत्राचार
-
स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह