लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे । उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताए ।
उनले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताए । उनले यस्ता कुराहरु अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताए । उनले सबै मानिसहरुले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताए ।
प्रमुख सचेतक गिरीले जवाफदेही नहुनु भनेको लोकतन्त्र हो भन्ने बुझाइ सही नभएको बताए । आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण