आइतबारदेखि सर्वोत्तमको आईपीओ, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने

काठमाडौँ । भोलि (आइतबारदेखि) सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ने भएको छ । उत्पादनमूलक उद्योग सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको मूल्य तय गरेको थियो । यससँगै, सर्वसाधारणले यो कम्पनीको आईपीओमा प्रतिकित्ता ३६०.९० रुपैयाँमा आवेदन दिन पाउनेछन् ।
फागुन १६ गतेसम्म आवेदन दिन पाइने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । सर्वोत्तम सिमेन्टले नेपालको पुँजीबजारको इतिहासमा नै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन लागेको हो ।
यसपछि, रिलायन्स स्पिनिङ मिल्सले यही विधिबाट आईपीओ बिक्री खुलाउन अन्तिम चरणमा छ । नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित यो कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि, सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा गएका, आयोजना प्रभावित स्थानीय र कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ ।
उद्योगले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतका दरले हुने ६० लाख कित्ता सेयर बिक्रीका लागि ल्याएको थियो । यो सेयरको मूल्य निर्धारण संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियामार्फत ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामा किनिसकेका छन् । यसक्रममा कट अफ मूल्य ४०१ रुपैयाँ प्रतिकित्ता कायम भएको थियो ।
यसपछि, २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बाँडफाँड भइसकेको छ । यस्तै, स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता सेयर बाँडफाँड भइसकेको छ । बुक बिल्डिङ प्रक्रियाबाट बाँकी रहेको ३६ लाख कित्ताबाट बाँकी रहेको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ कित्ता सेयर नै सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ ।
यसबाट बाँकी रहेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.३३ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी २२.११ रुपैयाँ र जगेडा तथा कोषमा ४८ लाख ५१ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह