अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन: मन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताएका हुन् ।
उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए। उनले भने, ‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ । उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।’
मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?