आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

शनिबार, १२ फागुन २०८०, १७ : १३
शनिबार, १२ फागुन २०८०

धनकुटा । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप