नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले २० ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन् ।
नेपालको रन रेट ३.८० रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटमा रूपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । भिभियन किङ्माले लिएको यो दोस्रो विकेट थियो । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटमा रूपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण