कहिले सुरु हुन्छ आँचलको ‘राजमहल’ ?
काठमाडौंँ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहने फिल्म हो ‘राजमहल’ । गत पुसमा पाँचतारे होटल याक एण्ड यतिमा एकभब्य कार्यक्रम सहित फिल्मको शुभसाइत भएको थियो । शुभ–साइतमा फिल्म घोषणा गर्दै निर्माण युनिटले माघबाट छायांकन बताएको थियो । तर फागुनको दोस्रो साता बितिसक्दा पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन ।
फिल्मको छायांकन अनिश्चित बनेको फिल्मका कलाकार नै बताउँछन् । किनभने फिल्मको छायांकन कहिले हुन्छ फिल्मका कलाकारलाई पनि जानकारी दिइएको छैन । फिल्मका कार्यकारी निर्माता ऋषि लामिछाने हुन् । लामिछानेले भने फिल्म फागुनको अन्यबाट छायांकनमा जाने तयारी भैरहेको जानकारी दिए ।
सविन कुमार तोलाङ्गीको निर्देशन रहने भनिएको फिल्ममा आँचलको अलवा रमेश उप्रेती, सलोन बस्नेत, मिथिला शर्मा, सिम्रन पन्त, मिस पबी लगायतका कलाकारले अभिनय रहनेछ ।
फिल्मले राजमहल भित्रको कथा उठान गर्न लागेको हो । छहारी मल्टीमिडियाको प्रस्तुति रहने फिल्मको निर्मातामा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ, अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र युवराज कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण