बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
आईसीसी क्रिकेट विश्व कप लिग-२

पाँच रनमै पेभेलियन फर्किए गुलसन झा

आइतबार, १३ फागुन २०८०, १२ : ४१
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो । 

गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो । ४२।२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप