एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आफ्नो पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार, नेपाल र मलेसियाबिचको खेल अप्रिल १२ तारिखमा खेलिने छ ।
एसीसी प्रिमियर कप क्रिकेट आगामी अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् । नेपाल, मलेसिया, हङ्कङ, कतार र साउदी अरेबिया प्रतियोगिताको समूह ‘ए’ मा छन् । यसैगरी बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल अप्रिल १३ तारिखमा कतारसँग खेल्नेछ । नेपालले तेस्रो खेल अप्रिल १५ तारिखमा हङ्कङसँग खेल्नेछ ।
यसैगरी नेपालले समूहगत चरणमा आफ्नो चौथो तथा अन्तिम अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ । समूहगत चरणको खेलपछि दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।
दुबै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । त्यसपछि सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच अप्रिल २१ तारिखमा फाइनल खेल हुनेछ । त्यसअघि अप्रिल २० तारिखमा सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
एसीसी पुरुष प्रिमियर कपको यो दोस्रो संस्करण हो । सन् २०२५ मा आयोजना हुने एसिया कपका लागि यो छनौट प्रतियोगिता पनि हो । यो प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने अवसर पाउने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण