केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया स्थगित, तिवारीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । सीईओ छनोट प्रक्रियामा नै गम्भीर चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि खानेपानी मन्त्रालयले सीईओ छनोट प्रक्रिया रोकेको हो ।
सीईओ नियुक्तिका लागि केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेको छ । केयूकेएलमा रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस समितिमा बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर ८ जनाको ‘सर्ट लिस्ट’ तयार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । योसँगै खानेपानी मन्त्रालयले यस विषयमा चासो दिएको थियो ।
यसबारे जानकारी दिँदै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले केयूकेएलमा रिक्त सीईओ नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगन गरिएको र उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको जानकारी दिए ।
मन्त्रालयले खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक माधव तिवारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रभात श्रेष्ठ र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल सदस्य छन् ।
सचिव आचार्यका अनुसार छानबिन समितिलाई एक साताको म्याद दिइएको छ । कार्यविधि बनाएर समितिले छानबिन प्रक्रिया अघि बढाएको छ ।
तत्कालीन सीईओ मिलन शाक्यको कार्यसम्पादन राम्रो नभएको भन्दै सञ्चालक समितिले उनलाई साढे २ वर्षमा नै जिम्मेवारीबाट हटाएको थियो । शाक्यको बहिरगमनसँगै करिब ५ महिनासम्म सीईओ विहिन भइसकेको केयूकेएलले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमार्फत नयाँ सीईओ नियुक्त गर्न लागेको हो ।
गत २१ असोजमा बसेको केयूकेएल सञ्चालक समितिको ४३६औँ बैठकले नयाँ सीईओ छनोट तथा सिफारिस गर्न सञ्चालक समिति सदस्य रामबहादुर थापाको संयोजकत्वमा सञ्चालकहरू वशिष्टकुमार घिमिरे र श्रीकुमार घिमिरे सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ ।
केयूकेएलले २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठ जना सर्ट लिस्टेड भएका थिए । इन्जिनियर अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, इन्जिनियर उमेशबाबु मरहट्टा, डा. इन्जिनियर डोलप्रसाद चापागाईँ, इन्जिनियर दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, इन्जिनियर रमेश केसी र राजेन्द्र श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण