झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले रातोपाटीलाई बताए ।
रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको सार्वजनिक जग्गा हिनामिनामा संलग्न नापी कार्यालय दमकका १० जना कर्मचारी, मालपोत कार्यालयका झापाका ११ जना कर्मचारी र नापी कार्यालय चन्द्रगढीका ७ जना कर्मचारीलाई अख्तियारले प्रतिवादी कायम गरेको छ । गैरकानुनी तरिकाले आफ्नो जग्गामा सरकारी जग्गा घुसाउने ३६ जना तथा जग्गा जफत प्रयोजनका लागी १०८ जना सहित १७२ जनालाई प्रतिवादी बनाइएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।
आरोपीहरूले न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार पर्ने जग्गा दोस्रो नापीमा ‘रैकर’ कायम गराएर नापनक्सा सहित हालसाबिक पुर्जा लिएका हुन् । २०२१ सालको नापीमा सो जग्गा सरकारी कायम रहेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण