बच्चा चोरी प्रकरण
बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति
आइतबार, १३ फागुन २०८०, १८ : २७

काठमाडौँ । थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन् ।
आरोपी सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
२४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी