बागमती प्रदेश : यो महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरू सहमत
काठमाडौँ । बागमती प्रदेशमा दलहरू फागुन महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्न सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूबिच यस विषयमा सहमति जुटेको हो ।
नेतृत्व चयनका लागि बैठकले दलहरूका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।
दलहरूबिच फागुन १५ गते देखि संसद् चलाउने समझदारी पनि भएको छ । यद्यपि, बजेटमाथिको विवाद अझै समाधान हुन सकेको छैन । यो समस्या समाधान नभएसम्म एमालेले संसद् चल्न नदिने बताउँदै आएको छ । सत्तापक्ष भने मिलाएर जानुपर्छ भन्दै आइरहेको छ । प्रतिपक्षले बजेट पाउने विषयमा आफूहरू सकारात्मक रहे पनि कर्मचारीबाट असहयोग भएका कारण यो अघि बढ्न नसकेको उनीहरूको भनाई छ ।
दलहरूबिच फागुन १५ गते बिहान ८ बजे पुनः छलफलका लागि बस्ने समझदारी भएको छ । सो दिन दिउँसो ३ बजे संसद् बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा बैठक सञ्चालनको लागि सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सभामुख पाठकसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, उपसभामुख अप्सरा चापागाईं, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक मधुसुदन पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता एवम् उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकाल सहभागी थिए । त्यस्तै राप्रपा संसदीय दलका नेता उद्धव थापा र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य पनि बैठकमा उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण