इसेवा लाइफ केयर : ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने
काठमाडौँ । इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ ।
यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रु ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्दछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बीमा पनि समावेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।
इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण