आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इसेवा लाइफ केयर : ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

आइतबार, १३ फागुन २०८०, १९ : ३३
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ ।

यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रु ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्दछ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बीमा पनि समावेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप