काठमाडौँमा डकैती गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा डकैतीमा संलग्न आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका सोनाम थापा तामाङ, रसुवा घर भएका टाँसी तामाङ, महोत्तरी घर भएका अनन्तराज घिमिरे, भारतीय नागरिकहरू आमोल बालु फुके, देवासिस सावन्त र कार्तिक पाइका छन् ।
आरोपीहरूले काठमाडौँको टोखा नगरपालिका–१ स्थित झोरबाट करिब १ करोड ५२ लाख बराबरको धनमाल डकैती गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
माघ २५ मा उनीहरूले रसुवा र सिन्धुपाल्चोक घर भएका दुई जनाको साथबाट नगद, १८ तोला सुन, सी–माला, मुगामाला जडित सुनको घवा, आईफोन र मोटरसाइकल समेत लुटेर भागेका हुन् । चारवटा मोटरसाइकलमा आएको समूहले हतियार देखाएर ‘कराए ज्यान जान्छ’ भन्ने धम्की दिएर लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिल बहादुर मल्ल नेतृत्वको टोलीले आरोपीहरूलाई रसुवा र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले डकैती गरेको सुन र १९ लाख ५० हजार नगद बरामद गरेको छ ।
आरोपीहरूमध्ये अनन्त राज घिमिरे, आमोल बालु फुके र देवासिस सावन्तले डाँका गरेर ल्याएको सुन खरिद गरेका हुन । कार्तिक पाईकाले डाँका गरेको सुन बेच्न सहयोग गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण