शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिद्वारा उपरथीमा पदोन्नति भएका ३ जनालाई दर्ज्यानी चिह्न प्रदान

आइतबार, १३ फागुन २०८०, २१ : ३९
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानीचिह्न प्रदान गरे ।


पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन् । उनीहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् ।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप