बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रवि लामिछानेको प्रश्न– विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ?

सोमबार, १४ फागुन २०८०, १२ : १८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन्  । 

उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे ।  उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गरे । उनले एनसेल खरिद बिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप