युनाइटेड मोदी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने
सोमबार, १४ फागुन २०८०, १२ : ४६
काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको चुक्ता पुँजीको १ करोड १३ लाख ५ हजार कित्ता सेयर बराबर १ सेयरका दरले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।
विद्युत् नियमन आयोगले २०८० माघ २२ गते कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो । आयोगको स्वीकृतिसहित कम्पनीले हकप्रद जारी गर्ने सम्बन्धी प्रस्ताव दसौँ वार्षिक साधारण सभामा पेस गर्ने तयारी गरेको छ ।
कम्पनीले २०८० चैत २९ गते बिहीबार ११ बजे साधारण सभा बोलाएको छ ।
साथै, उक्त साधारण सभाले कम्पनीको सञ्चालक समितिमा ४ जना सञ्चालक निर्वाचन गर्ने र कम्पनीको अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण