शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड मोदी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने

सोमबार, १४ फागुन २०८०, १२ : ४६
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको चुक्ता पुँजीको १ करोड १३ लाख ५ हजार कित्ता सेयर बराबर १ सेयरका दरले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । 

विद्युत् नियमन आयोगले २०८० माघ २२ गते कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो । आयोगको स्वीकृतिसहित कम्पनीले हकप्रद जारी गर्ने सम्बन्धी प्रस्ताव दसौँ वार्षिक साधारण सभामा पेस गर्ने तयारी गरेको छ । 

कम्पनीले २०८० चैत २९ गते बिहीबार ११ बजे साधारण सभा बोलाएको छ । 

साथै, उक्त साधारण सभाले कम्पनीको सञ्चालक समितिमा ४ जना सञ्चालक निर्वाचन गर्ने र कम्पनीको अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने तयारी समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप